प्रधान सेनापतिमा महारथीअशोकराज सिग्देल नियुक्त
राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बिच कायममुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नु भएको छ । सोही अवसरमा सम्माननीय राष्ट्रपतिले नव नियुक्त प्रधान सेनापतिलाई पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको थियो ।
शीतल निवासमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय उपप्रधान तथा अर्थमन्त्री, माननीय गृहमन्त्री, माननीय रक्षा मन्त्री, नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेनाका रथीबृन्द लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
मन्त्रीपरिषद् बैठकले उहाँलाई महारथी दर्जामा बढुवा गरी प्रधान सेनापतिमा नियुक्त गर्न गरेको सिफारिस बमोजिम सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम आज महारथीको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नुभएको हो ।
सैनिक परम्परा अनुसार नवनियुक्त प्रधान सेनापति महारथी सिग्देललाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । त्यसै गरी उहाँले सैनिक मञ्च टुँडिखेल र छाउनी स्थित वीर स्मारकमा श्रद्धान्जली अर्पण गर्नुका साथै जङ्गी अड्डामा कार्यालय बहाली गरी प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ ।
वि.सं. २०२३ माघ १९ गते रुपन्देही जिल्लामा जन्मनु भएका प्रधान सेनापति सिग्देल २०४३ सालमा अधिकृत क्याडेटको रूपमा सैनिक सेवामा प्रवेश गर्नु भएको थियो । मिति २०८१ श्रावण २५ गतेबाट उहाँले कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।
अरु समाचार
सेनाका विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन
काठमाडौंको सानोभर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थान...
प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दज्र...
प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप र...
सुर्खेतको जनताको उपचारमा नेपाली सेना
सुर्खेतको जनताको उपचारमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर संच...
प्रधान सेनापति प्रभुराम शर्माको पहिलो सम्बोधन
प्रधान सेनापति प्रभुराम शर्माले पदबहाली गरे पछि सकल दर्जालाई...
नेपाली सेनाको प्रधान सेनापतिले कार्यभार सम...
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले कार्यभार सम्हालेका छन...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका ...
सेनाका उपरथी बालकृष्ण कार्की रथी बढुवाका लागि सिफारिसमा परेका छन। ...
सैनिक विशेष अदालतबाट अमल्दार र सिपाहीलाई सफाइ
चितवनस्थित गणबाट २०७५ पुसमा हतियार हराएको अभियोगमा कैदमा सजाय भोगिर...
नयाँ प्रधानसेनापतिलाई नियुक्तिपत्र
रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्यालले बलाधिकृत रथी प्रभुराम शर्मा...