नुरप्रसादलाई झिकाउन आदेश
जिल्ला अदालत चितवनले गोरखा फुजेलका कृष्ण अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारीलाई झिकाउन पुनः आदेश गरेको छ । अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले आज उक्त आदेश गरेको हो ।
शर्माले वादी, प्रतिवादी र जाहेरवालाका अधिवक्ताको बहस सुनेपछि अदालती बन्दोबस्तीको ११० को रित पु¥याई अधिकारीलाई पुनः म्याद जारी गर्न आदेश गर्नुभएको अदालतका स्रेस्तेदार गेहेन्द्रराज पन्तले बताउनुभयो ।
यसअघि फागुन १३ गते न्यायाधीश शर्माले अधिकारीलाई झिकाउन म्याद जारी गर्नुभएको थियो । सो समयमा जिल्ला अदालत गोरखाका कर्मचारीले व्यक्ति र परिवार नभेटेपछि घर नजिकैको चौताराको पिपलको बोटमा म्याद टाँस गरेका थिए । सो कार्य रितपूर्वक नभएको भन्दै बदर गरी पुनः म्याद जारी गरिएको हो ।
अदालतका साक्षी संरक्षण अधिकृत गम्भीर घिमिरेका अनुसार म्याद जारी गर्दा स्वयं व्यक्ति, नभेटिए घरका जहान, त्यो पनि सम्भव नभए घरको मूल ढोकामा म्याद टाँस गर्नुपर्ने हुन्छ । यसअघि रित नपुगेका कारण पुनः म्याद जारी गर्न आदेश भएको हो । घिमिरेका अनुसार भदौ ४ गते अधिकारीलाई अदालतमा हाजिर हुने गरी म्याद जारी गरिने भएको छ ।
अदालतमा आज वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली, जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता बाबुराम गिरी र अधिवक्ता ईन्द्र अर्यालले बहस गर्नुभएको थियो । त्यसैगरी प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ता दिनमणि पोखरेलले बहस गर्नुभयो ।
–––
अरु समाचार
रेशमलाल चौधरीको मुद्दामा सर्वोच्चले दियो य...
टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा सर्वोच्च अदालतले सर...
म्याट्रिका आँखा अस्पतालमा नक्कली ‘बम...
काठमाडौंको पुरानो बानेश्वरस्थित म्याट्रिका आँखा अस्पतालमा नक्कली ...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-१० गोंगबु बस्ने ...
प्रहरी हवल्दार बाबुराम घिमिरेविरुद्ध विशेष...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्ध...
बलात्कारीलाई सात वर्ष कैद फैसला
उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङ...
बालिका बलात्कारको कसुरमा किशोरलाई १२ वर्ष ...
जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरे...
उच्च अदालत पाटनले थप सेवा शुरु गर्ने
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारले गरेको बन्दाबन्दीकै क्रम...
विप्लव नेतृत्वको नेकपाका नेता खत्रीलाई थुन...
सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थ...