
लकडाउनमा पार्किङ गरेको बसबाट टिभी चोर्ने तीन जना पक्राउ
प्रहरीले धादिङकाे सिद्धलेक गाउँपालिका-५ पोखरीबाट टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामानसहित ३ जनालाई पक्राउ गरेकोछ ।
पक्राउ पर्नेहरुमा सिद्धलेक गाउँपालिका-५ पोखरीबस्नेहरु २२ वर्षीय अभिषेक श्रेष्ठ, १९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ रहेका छन् ।
उनीहरुबाट चोरीका एलईडी टिभी ६ थान, क्यासेट प्लेयर ३ थान, स्पिकर १ थान र चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बिहीबार प्रहरीले बरामद गरेको छ ।
निलकण्ठ नगरपालिका-३ स्थित कसाई टोलमा पार्किङ गरी राखेको बा.४ ख ७३८० नम्बरको बस, सोही नगरपालिका-८ बिर्ताबेशीमा पार्किङ गरी राखेको ना.४ ख २८९१ नम्बरको बस‚सोही नगरपालिका-३ पुच्छार बजारमा पार्किङ गरेको ना.६ ख ९१३० नम्बरको बस,सोही ठाउँमा पार्किङ गरी राखेको प्र.३-००५ ख ९५७२ नम्बरको बसर सोही नगरपालिका-३ स्थित जिल्ला अस्पताल अगाडि पार्किङ गरी राखेको लु.२ ख १९५४ नम्बरको बसबाट विभिन्न मितिमा टिभी तथा क्यासेट प्लेयर चोरी भएको घटनाको अनुसन्धानको क्रममा उक्त सामान सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
चोरीमा संलग्नमध्येका १ जना हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ । पक्राउ व्यक्तिहरु उपर चोरी मुद्दामा जिल्ला अदालत धादिङबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहीरी कार्यालय धादिङले जनाएको छ ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...