
सिक्री लुट्ने तथा लुटेको सिक्री किनबेच गर्ने व्यक्तिहरु पक्राउ
काठमाडौं महानगरपालिका-२३ झोंछेस्थित सडकमा हिँडिरहेकी महिलाले लगाएको ८.६४ ग्राम बराबरको सुनको सिक्री लुटने तथा लुटेको सिक्री किनबेच गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बस्नेहरु ३२ वर्षीय अकेश नकर्मी र ३१ वर्षीया नेहा नकर्मी, नुवाकोट घर भई हाल काठमाडौं महानगरपालिका-१४ नैकाप बस्ने २२ वर्षीय विक्की मगर र काठमाडौं महानगरपालिका-१५ डल्लु ठेगाना भएका माँ हारती सरण सुनचाँदि पसलका संचालक ६३ वर्षीय अशोक शाक्य रहेका छन् ।
उक्त स्थानबाट अपरिचित मानिसहरुले सडकमा हिँडिरहेकी १ महिलाले लगाएको सिक्री लुटी फरार भएका भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उक्त सुनको सिक्री सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये अकेश र विक्की सिक्री लुट्ने, नेहाले बेच्ने र अशोक किन्ने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
अरु समाचार
डाँका चोरीमा संलग्न तीन जना पक्राउ
डाँका चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ...
बिराटनगरमा समातिए स्कुटरसहित चोरी गर्ने युवक
जिल्ला प्रहरी कार्यालय मोरङले स्कुटर चोरीको अभियोगमा एक युवकलाई पक्...
काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल स...
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी ...
डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरम...
दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीक...
जब विराटनगरबाट २० हजार लिटर डिजेल सहितको ट...
मोरङमा पार्किङ्ग गरिराखेको ट्यांकर चोरी भएको छ। प्रहरीमा ट्यांकर चो...
नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट तामाको ...
मिथिला नगरपालिका-७ ढल्केबरस्थित नेपाल विद्युत प्राधिकरण ढल्केबरबाट ...
सुन र नगद चोरी गरेको अभियोगमा पक्राउ
हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरीबाट सुन र नगद चोरी गरेको अभियोगमा...
सुन तथा नगद चोरी
काठमाडौं महानगरपालिका-१० बुद्दनगर डेरा गरी बस्ने काभ्रे बेथानचोक गा...