आफ्नै भतिजीलाई बलात्कार गरेको अभियोगमा काका पक्राउ
सोलुखुम्बुमा लुक्लामा आफ्नै १४ वर्षीय भतिजीलाई बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
ती बालिका ८ महिनाको गर्भवती छिन्।
खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका २२ बर्षीय काकाले आफ्नै ६ कक्षामा पढ्दै गरेकी भतिजीलाई पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले ती युवकलाई पक्राउ गरेको हाे ।
सोमबार बिहान उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका युवकले आफ्नै दाजुको छोरीमाथि करणी गरेका हुन्। पीडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए।
घटनाबारे जानकारी पाएलगत्तै पीडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले बालिकाको काकालाई नियन्त्रणमा लिएको थियो।
प्रहरीका अनुसार पीडक युवकले अपराध स्वीकार गरेका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएको छ।
थप अनुसन्धान र कारबाही लागि अभियुक्त युवकलाई जिल्ला प्रहरी कार्यालय झिकाईएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।
अरु समाचार
प्रेमिकासँग विवादपछि जसले अश्लिल फोटो, भिड...
सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो...
आफ्नै १५ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार,...
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा भक्तपुर चाँ...
तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुम...
दुई महिला बलात्कारको अभियोगमा एक जना पक्राउ
बाँकेको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दर...
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा...
बिजुली बत्ती गएको मौका छोपी ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरो...
विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर...
विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी ...
बलात्कार आरोपमा दुई जना पक्राउ
२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट दुई ज...
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
प्रहरीले बिभिन्न स्थानबाट महिला तथा किशोरीलाई जबरजस्ती करणी गरेको अ...