एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्

एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्

काठमाडाैं पुस २६

नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा थिइन। एसपीमा सिआइबीमा रहदाँ उनले नक्कली म्यारिज ब्युरोमा छापा मारेर दर्जनौं युवतीहरुको उद्धार गरेकी थिइन।

काठमाडौंको खुलेका म्यारिज ब्युरोहरुले नेपाली युवतीहरुलाई चिनियाँ नागरिकसँग विवाह गरेर पठाउने काम गर्दथे। चीनमा पुगेपछि नेपाली युवतीहरुमाथि विभिन्न खाले शोषण हुने गर्दथ्यो ।

ती शोषणको शुरुआती केन्द्र म्यारिज ब्युरो बन्द गराएकी किरण अहिले पनि चर्चामा छिन।

तपस्वीको भेषमा मानिसहरु वेपत्ता र यौन शोषण गरेको आरोप लागेका रामबहादुर बम्जनलाई पक्राउ गरेपछि किरण झन चर्चामा आएकी हुन। पक्राउ पुर्जी जारी भएको ४ वर्षसम्म पनि बम्जन पक्राउ पर्न सकेका थिएनन। उनी प्रहरीको आँखा छल्दै आइरहेका थिए।

हुन त प्रहरीले उनको आश्रममा छापा नमारेको होइन। प्रहरी आउने सुइँको पाएर होला उनी आश्रमबाट नै गायव हुन्थे। मंगलबार प्रहरी उनको बुढानिलकण्ठ घरमा पुग्दा उनी ४ तला घरबाट २ तलासम्म हाम फालेर भाग्न खोजेका थिए। यस पटक भने उनी भाग्न पाएनन। उनीसँगै प्रहरीले उनको घरमा रहेको ३ करोड २४ लाख रुपैयाँ भन्दा बढी रकम बरामद गरेको छ।

एआइजी किरणको यो मात्रै विग अप्रेसन होइन उनले ९ महिना भित्रमा सिआइबीमा ठूला ठूला अप्रेसन चलाएर सिआइबीको साखँ शिखरमा मात्र होइन नेपाल प्रहरीको गरिमा र त्यसप्रति आम नागरिकको भरोषालाई पनि बढावा दिएकी छिन।

यस अघि उनले ललिता निवास प्रकरण, ६० किलो सुन, नक्कली डाक्टर पक्राउ अभियान, मुगुमा भएको ४ जनाको हत्या, चितवनमा बोरामा फालिएको शवको अनुसन्धान गरि त्यसलाई पूर्णता पनि दिएकी छिन। प्रहरी सेवा प्रवेशदेखि महिला भएर पनि काममा अब्बल बज्राचार्य सुरक्षा चुनौतिबारे जानकार प्रहरी अधिकृत हुन् ।

एसपीहुँदा मधेस प्रदेश ट्राफिक प्रमुख बारा पथलैया, प्रहरी प्रधान कार्यालयको इन्टरपोल विभाग, जिल्ला प्रहरी कार्यालय भक्तपुरको प्रमुख रहेर गरिन। त्यस्तै इन्टरपोलमा रहँदा उनले उत्कृष्ट कार्यसम्पादन गरेर नेपाल प्रहरीको छबिलाई संसारभर चिनाएकी थिइन।

बज्राचार्यसँग प्रहरी नायब महानिरीक्षक बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको काम गरेको अनुभव छ ।

त्यस्तै, बरिष्ठ उपरीक्षक हुँदा ललितपुर प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय उपत्यका प्रहरी कार्यालय रानीपोखरीको अप्रेसन कमाण्डर रहेर काम गरेको अनुभव उनीसँग छ । उनलाई अमेरिकन दुतावासले समेत उमन हिस्ट्री मन्थले सम्मान गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.