करिब १२ किलो चरेशसहित २ जना पक्राउ

करिब १२ किलो चरेशसहित २ जना पक्राउ

पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेश करिब १२ किलो २ सय ४० ग्रामसहित भारत बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.