किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रहेका प्रतिवादी बारा निजगढ नगरपालिका १२ रतनपुरी ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ६ टन गाउँ बस्ने तपस्वी राम बहादुर बम्जन भन्ने ३४ वर्षीय रामलाल बम्जनलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
बाराको हलखोरियास्थित बम्जनको आश्रममा आनीको रूपमा रहेकी पीडितलाई बाल यौन शोषण गरेको मुद्दामा संलग्न रही फरार रहेका उनलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ अनुमति प्राप्त भएको थियो ।
बम्जनको खोजी गर्ने क्रममा काठमाडौं बुढानिलकण्ठ नगरपालिका(६ टन गाउँमा लुकीछिपी बस्दै आएको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बम्जनलाई चौथो तलामा फेला पारेको र भाग्ने क्रममा पक्राउ गरेको हो । उनको घरबाट विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ नेपाली रूपैयाँ बराबरको विदेशी मुद्राहरू तथा ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रूपैयाँ गरी जम्मा ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ नेपाली रूपैयाँ, पेनड्राईभ २० थान, मोबाइल १४ थान, ल्यापटप २ थान, आइप्याडरट्याब ५ थान लगायतका सामान प्रहरीले बरामद गरेको छ ।
बम्जनको आश्रमबाट विभिन्न समयमा वेपत्ता भएका अनुयायीहरूको सम्बन्धमा थप अनुसन्धान तथा खोजतलास भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
अरु समाचार
त्रुटिरहित जिम्मेवारी पुरा गर्न एआईजी बज्र...
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी प्रमुख एआईजी किरण बज्राच...
डिभी भर्न नक्कली शैक्षिक प्रमाणपत्र पेश
नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजन...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्...
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ ...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...
नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो रा...
सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाई अश्लिल फोटो तथा भिडियो राख...
साईबर व्यूरोको काठमाडौं सामाखुशीमा यस्तो ब...
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर...