
लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने २ जना पक्राउ
अवैध लागूऔषध गाँजा मिसाई केक तथा कुकिज तयार गर्ने कार्यमा संलग्न २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ सोह्रखुट्टे बस्ने २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी रहेका छन् ।
इन्स्ट्राग्राम मार्फत Sweetbakery_np नामक एकाउन्ट बनाई गाँजा प्रयोग गरी केक र कुकिज बनाई बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
उनीहरूले ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडा लिई प्रयोग गर्दै आइरहेको कोठाबाट गाँजा १ किलो १ सय ग्राम, डाँठसहितको गाँजा १ किलो ५ सय ६८ ग्राम, केक १ किलो ९ सय ग्राम, बटर ९ सय ग्राम, कुकिज १ किलो ३ सय २४ ग्राम, माईक्रोओभन १ थान, डिजिटल तराजु १ थान, बेकिङ पाउडर, चक्लेटको फ्लेभर लगायतका विभिन्न सामग्रीहरू समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूले विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केक र कुकिजका विभिन्न प्रकारहरू बनाई अनलाइन डेलिभरी मार्फत आफ्नो अवैध कारोवार संचालन गरिरहेका प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यसअघि गाँजा मिसावट गरी अवैध रूपमा केकको विक्री गर्ने काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धरलाई सोही ब्यूरोबाट खटिएको प्रहरीले पुस २० गते पक्राउ गरेको थियो । मानन्धर गाँजाको धुलो, तयारी केकको झोल लगायतका सामानसहित पक्राउ परे पश्चात उनीहरूले पहिले कारोवार गर्दै आइरहेको custombakery_np नामक पेजलाई परिवर्तन गरी sweet bakery_np पेज बनाई कारोवार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
अरु समाचार
दीपक मनाङे पक्राउ, जेल चलान
राजीब गुरूङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन्। काठमाडौं जिल्ला ...
क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइद...
त्रुटिरहित जिम्मेवारी पुरा गर्न एआईजी बज्र...
उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रहरी प्रमुख एआईजी किरण बज्राच...
डिभी भर्न नक्कली शैक्षिक प्रमाणपत्र पेश
नेपालस्थित अमेरिकी राजदुतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजन...
करिब १२ किलो चरेशसहित २ जना पक्राउ
पर्सा, ९ चैत- वीरगंज महानगरपालिका- ८ घण्टाघरस्थित नारायणी गेष्ट हाउ...
एआइजी किरण जसले सिआइबीको साँख शिखरमा पुराइन्
काठमाडाैं पुस २६ नेपाल प्रहरीको एसपी हुदाँ किरण बज्राचार्य सिआइबीमा...
किन समातिए रामबहादुर बम्जन
यौन सन्तुष्टी प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दामा फरार रह...
राहुल महरा सिआइबीको नियन्त्रणमा
राहुल महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले नियन्त्र...