विद्यालयको रकम हिनामिना गरेको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विद्यालयको रकम हिनामिना गरेको आरोपमा विद्यालयका अध्यक्ष र प्रधानाध्यापकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालयको रकम हिनामिना गरेको आरोपमा हाजी एनातुल्लाह सामुदायिक उच्च माविका अध्यक्ष जमालुद्धिन खाँसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले विज्ञान सामग्री खरिदमा रकम हिनामिना गरेको आरोपमा अध्यक्ष जमालुद्धिन खाँ, विज्ञान शिक्षक तथा हालका प्रधानाध्यापक महमुद आलम खाँ तथा पूर्वप्रधानाध्यापक श्रीकान्त दुवेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

शिक्षा कार्यालयबाट विज्ञान सामग्री खरिदका लागि आएको ६ लाख ५० हजार रुपैयाँ मध्ये २ द्दलाख ८२ हजार ३ सय ८४ रुपैयाँको सामान विद्याललयमा नभएको, निकासा रकममध्ये ५ लाख १० हजार विज्ञान सामग्रीको रकम भुक्तानी भएको तर १ लाख ४० हजारको हिसाब नदेखिएको अख्तियारले जनाएको छ ।

यसै आधारमा ४ लाख २२ हजार ३ सय ८४ रुपैयाँको सरकारी रकम हिनामिना गरेको देखिएको अख्तियारले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.