बलात्कार न्युनिकरणको लागि आईजिपीलाई बोलाएर के भने गृहमन्त्रीले
गृहमन्त्री रामबहादुर थापा‘बादल’ले महिला हिंसा र बलात्कारका घटनाको न्युनिकरण गर्नका लागि तत्कालै विशेष योजना बनाउन प्रहरीलाई निर्देशन दिनुभएको छ ।
आज गृहमन्त्रालयमा नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई बोलाएर गृहमन्त्री थापाले पछिल्लो समय महिला हिंसा र बलत्कारका घटनाका समाचारले आफ्नो ध्यानाकर्षण भएको भन्दै त्यस्ता घृणीत कार्य रोक्नका लागि विशेष योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।
बलत्कारका घटना न्युनिकरणका लागि देशव्यापी रुपमा अभिभावक देखि बालबालिका सम्मलाई सचेतनामूलक कार्यक्रम र जागरण अभियान सञ्चालन गर्नुपर्ने गृहले ठहर गरेको छ ।
गृहमन्त्री थापाले यस्ता घटनामा मिलापत्र गराउन खोज्नु पनि अपराध भएको भन्दै कँहीकतै त्यस्तो भएको भए उनिहरुलाई समेत कारवाहीको दायरामा ल्याउन प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभयो ।
महिला हिंसा र बलत्कारका घटनाका उजुरीमा लापरवाही नगरी गम्भिरता पूवर्क कारवाही अघि बढाउन समेत उहाँले प्रहरीलाई निर्देशन दिनुभयो ।
गृहसचिव प्रेमकुमार राई समेत सहभागी सो छलफलमा गृहमन्त्री थापाले कञ्चनपुरको बालिका मृत्यु घटनाको सत्य, तथ्य बाहिर ल्याउनका लागि गठित छानविन समितिलाई सहयोग पुग्नेगरी सबैपक्षले काम गर्नुपर्ने बताउनुभयो ।
अभियान सुरु गर्दै गृह
अनियन्त्रित मदिराको विक्रिवितरण र लागुपदार्थको सेवन लगायतका कारणले बलत्कार र महिला हिंसाको घटना बढेको ठहर गर्दै यस बिरुद्ध गृहमन्त्रालयले अभियान सुरु गर्ने भएको छ ।
गृहले केही दिनभित्रै देशव्यापी रुपमा ‘लागु पदार्थ निषेध र मदिार नियन्त्रण अभियान’ सञ्चालन गर्ने भएको छ । मदिराको व्यवस्थित विक्री वितरण र सेवनसम्बन्धी प्रस्ताव गृहले मन्त्रीपरिषद्मा लैजाँनका लागि तयार पारेको छ ।
सो प्रस्ताव पारित भए लगत्तै भदौको मसान्तभित्रै यो अभियान घोषणा गर्ने गृहको तयारी छ । इन्टरनेट मार्फत अश्लिलता बढेको कारण पनि बलत्कारका घटना बढेकोले यसको नियमनको बारेमा समेत गृहले छलफल सुरु गरेको छ ।
अरु समाचार
अनुसन्धानमा अब्बल रहेका एसएसपी खत्री काठमा...
नेपाल प्रहरीका ५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको समेत काज सरूवा गरिए...
नेपाल प्रहरीको सरुवा मापदण्डमा के छ
नेपाल प्रहरीले सरुवा सम्बन्धि नयाँ मापदण्ड सार्वजनिक गरेको छ। नेपाल...
१३ जना डिआइजी बढुवाका लागि १८ जना एसएसपी द...
नेपाल प्रहरीमा १३ जना डिआइजी पद रिक्त छ। रिक्त रहेको पदका दागि १८ ज...
४ जना डिआइजी एआइजी बढुवा सिफारिसमा
सरकारले ४ जना डिआइजीलाई एआइजी बढुवा सिफारिस गरेको छ। रिक्त रहेको ४ ...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने निय...
उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ। पुष्पकमल...
“ट्राफिक प्रहरीले शुरु गर्यो तत्काल जरिवा...
उपत्यकामा ट्राफिक प्रहरीले आफ्नो सेवालाई प्रविधिमैत्री बनाउन अभियान...
विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको स...
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेक...
चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान...
गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकलाई अनुभूति गर्ने गरी विजयादशमी...