समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखराको नयाँबजारस्थित प्रेस क्लबमा सोमबार आयोजित शान्ति सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहराले प्रदेश अन्तर्गत आम नागरिकहरुसँग हातेमालो गर्दै समाजमा शान्ति सुरक्षा कायम गरी अपराधरहित समाज र सु-व्यवस्था स्थापित गर्न नेपाल प्रहरी दिनप्रतिदिन सफल हुँदै गइरहेको बताउनुभयो । नेपाल प्रहरीले अंगिकार गरेका विभिन्न अवधारणाहरुले समाजसँग नेपाल प्रहरी बढी भन्दा बढी घुलमिल हुँदै गएको र जनताको प्रहरीप्रतिको विश्वासमा समेत वृद्धि भएकाले अब समाजमा गलत काम गर्नेहरु लुकेर बस्न नसक्ने उहाँले बताउनुभयो ।

उपस्थित नागरिक तथा पत्रकारहरुले राखेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै उहाँले विकृति विसंगतितर्फ सबै जिम्मेवार र चनाखो रहनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद चौधरी, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, सरोकारवाला निकायका प्रतिनिधिहरु, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति रहेको थियो । यसैगरी समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि सरोकारवाला निकायहरुससँग आगामी रणनीति कार्ययोजनाका विषयमा सोमबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरिक्षक गोविन्द पुरीले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सम्पन्न भइरहेका र आगामी दिनमा गरिने विभिन्न गतिविधिहरुका बारेमा जानकारी दिनुभयो । साथै अन्य सहाभागीहरुले साझेदारी कार्यक्रम अन्तर्गत कास्की जिल्लामा सवै सरोकारवाला निकायहरुलाई साथमा लिई थप प्रभावकारी ढङगले जनमुखी गतिविधि कसरी गर्न सकिन्छ भन्ने विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

उद्योग वाणिज्य संघ कास्कीको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओम राना, जिल्लास्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिहरू, उद्योग वाणिज्य संघ पोखराका प्रमुख दामु अधिकारी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख एवं प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.