उन्नाइस हजार सवारी चालक कारवाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ ।
कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३०८ र सवारी चालक अनुमतिपत्र नभएका दुई हजार ७२६ जना रहेका छन् ।
यस्तै सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका १५३, अन्यमा छ हजार ६६९, तीव्रगतिमा सवारी चलाउने ३४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६२८ सवारी चालकलाई कारवाही गरिएको हो ।
जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट रु एक करोड ४६ लाख ३१ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट एक घाइते
कालिका नगरपालिका–१ जुटपानीमा बाघको आक्रमणबाट एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार घाइते हुनेमा ३७ वर्षीय यमबहादुर केसी रहनुभएको छ ।
राति ४ः३० बजे घरमा पालेको कुकुर कराएपछि चोर आयो कि भनेर हेर्ने क्रममा उहाँलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते केसीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते केसीको हात र खुट्टामा चोट रहेको छ ।
यस्तै नारायणगढबाट काठमाडौँ जाँदै गरेको माइक्रोबसमा ढुङ्गा लाग्दा एक घाइते भएका छन् । प्रहरीका अनुसार बा३ख १७७३ नंको माइक्रोबसमा इच्छाकामना गाउँपालिका–६ जलबिरेमा माथिबाट खसेको ढुङ्गा लागी कालिका नगरपालिका–६ बस्ने ६० वर्षीय विर्जलाल मर्दनीया घाइते हुनुभएको हो । घाइते मर्दनीयाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मर्दनीयाको टाउको र गालामा चोट लागेको प्रहरीले जनाएको छ ।
अरु समाचार
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ ह...
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्...
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...