आँप बाेकेर ल्याएको भारतीय ट्रकमा तोडफोड

आँप बाेकेर ल्याएको भारतीय ट्रकमा तोडफोड

नारायणगढ क्षेत्रपुरमा रहेकाे महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहानै आँप बाेकेर ल्याएको भारतीय ट्रकमा तोडफोड भएको छ ।

विहान तीन बजे आँप लिएर बजार क्षेत्रमा प्रवेश गरेको यूपी ४१ ए टी २६९१ नम्वरको भारतीय मालबाहक ट्रकमा तीन जना युवाले तोडफोड गरेका हुन् । स्कुटरमा आएका ती युवाले गाडीको अगाडिको सिसा फुटाइदिएका छन् ।

उनीहरूले पानीकाे बाेतलमा पेट्राेल ल्याएका थिए। पेट्राेल छर्केर आगाे लगाउन सलाइ काेर्दा सलाइ नबलेपछि उनीहरू भागेकाे व्यवासायीहरूले बताए।

सो ट्रकमा पाँच टन आँप थियो । ट्रकमा तोडफोड गर्दै आगजनीको प्रयास गरेपछि केही ब्यापारीहले प्रतिकार गरेका थिए । त्यसपछि ती युवाहरु स्कुटरमै फरार भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले तोडफोड गर्नेहरुको खोजी कार्य तीव्र पारिएको जनाएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.