पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला
बेँसीशहर नगरपालिका–३ गाउँशहरको रमाइलोडाँडास्थित पोखरीमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ ।
मस्र्याङ्दी गाउँपालिका–९ सिमपानीका २१ वर्षीय विकास विक र सो नगरपालिका–३ गाउँशहरका १८ वर्षीय रुकेश विकको पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त पोखरीमा विकासको शव सोमबार राति र रुकेशको शव आज फेला परेको हो । सोमबार स्थानीयवासीले उक्त पोखरीमा एक जनाको शव देखेपछि प्रहरी र स्थानीयवासी सहयोगमा उक्त शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो ।
रुकेशलाई भने आज बिहान करीब ११ बजेतिर स्थानीयवासीले सोही पोखरीको पानी घटाएर खोज्ने क्रममा भेटिएको मृतकका भाउजु नाताकी कुमारी विकले बताउनुभयो । मृतक विकास करीब चार महीनादेखि गाउँशहरस्थित मामाघरमा बस्दै आएको र दुवै घरबाट शनिबार खुदी जाने भनेर बिहान ११ बजे निस्किएको मृतकका आफन्तको भनाइ थियो ।
खुदी जाने भनेर हिँडेका दुवैकोे शव भेटिएपछि कसैले हत्या गरेर फालेको हुनुपर्ने आशङ्का मृतकका परिवारले गरेका छन् । प्रहरी निरीक्षक पाण्डेले भन्नुभयो, “उनीहरू घुम्ने क्रममा पोखरीमा डुबेको हुन सक्ने बताउनुभयो ।
सोमबार भेटिएको विकको शवपरीक्षण लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ भने आज भेटिएको शवको मुचुल्का उठाएर परीक्षणका लागि सोही अस्पतालमै ल्याइने प्रहरीले जनाएको छ ।
अरु समाचार
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ ह...
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्...
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...