नारायणी नदी किनारमा दुई महिलाको शव भेटियो

नारायणी नदी किनारमा दुई महिलाको शव भेटियो

चितवनमा नारायणी नदी किनारमा दुई महिलाको शव भेटिएको छ ।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका १६ शिवघाट नजिक नदी किनारमा सोही ठाउँ बस्ने ३१ वर्र्षकी कृष्णमाया तामाङको शव भेटिएको हो ।

घरबाट माछा मार्न जान्छु भनेर साउन २३ गते घरबाट हिँडेकी कृष्णको शव तीन दिनपछि नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ ।

यस्तै भरतपुर महानगरपालिका–१६ भङ्गेरी कटेज नजीकै नारायणी नदी किनारमा आज अन्दाजी ५५ देखि ६० वर्षीया एक महिलाको शव फेला परेको छ । उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.