५ सय विपन्न परिवारलाई प्रहरीले बाँड्यो दाउरा

५ सय विपन्न परिवारलाई प्रहरीले बाँड्यो दाउरा

जाडो र शीतलहर लक्षित गरी चितवन प्रहरीले भरतपुर महानगरपालिका ३ वटा वडाका विपन्न ५ सय परिवारलाई दाउरा वितरण गरेको छ ।

आज एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लको अगुवाइमा भरतपुर महानगरपालिकाको वडा नं.२४, २७ र २८ का विपन्न परिवारलाई दाउरा वितरण गरिएको हो ।

दाउराबाट १ सय घर धुरीका ५ सय जना विपन्न समुदायलाई लाभ मिलेको छ । प्रहरी उपरीक्षक मल्ल आफै उपस्थित भई वडा २७ मा रहेको प्रत्युस माझी सहितका ५ घरबाट सुरु गरी १ सय घरलाई मुढा वितरण गरिएको थियो ।

पहिलो चरण भरतपुर महानगरसगँको सहकार्यमा सुरु गरिएको यस अभियान अन्तरगत दुई ट्रक मुढा वितरण गरिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.