कुवेतमा एक वर्षकाे अवधिमा ४२ जना नेपाली कामदारहरूको मृत्यु

कुवेतमा एक वर्षकाे अवधिमा ४२ जना नेपाली कामदारहरूको मृत्यु

एक वर्षकाे अवधिमा कुवेतमा काम गर्न गएका मध्ये ४२ जना नेपाली कामदारहरूको मृत्यु भएको छ ।

नेपाली दूतावास कुवेतका अनुसार सन् २०१९ को एकवर्ष अवधिमा मृत्यु हुने मध्ये ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन् । सबैभन्दा धेरै १५ जनाको हृदयघातका कारण मृत्यु भएको र पाँच जनाको सडक दुर्घटनाका कारण मृत्यु भएको दूतावासले जनाएको छ ।

त्यसैगरी आगलागी तथा कार्यक्षेत्रमा भएको अन्य दुर्घटनाका कारण सातजना, गम्भीर बिमारीका कारण चार जना, चक्कु प्रहारबाट एक जना र अन्य कारण सातजना नेपाली कामदारहरूकाे कुवेतमा मृत्यु भएको छ ।

त्यसैगरी कुबेतमा तीनजना नेपाली कामदारहरूले आत्महत्या गरेको पनि दूतावासले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.