अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु

अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु

पूर्वी नवलपरासीमा अत्यधिक लागूऔषध सेवनबाट एक जनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका-३ का २६ वर्षीय सुमन घर्तीको अत्यधिक लागूऔषधका कारण मृत्यु भएको प्रहरीले जनाएकाे छ । युवकको शव देवचुली-१५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणपट्टी भेटिएको थियो ।

घर्तीको शरीरमा लागूऔषध प्रयोगका लागि लगाइएको सुईका निशानहरु रहेको र केही मात्रामा लागूऔषध पनि बरामद भएको छ ।पोष्टमार्टमका लागि शव प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाइएको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.