बान्छेटारमा ट्रकभित्र चालक मृत भेटिए

बान्छेटारमा ट्रकभित्र चालक मृत भेटिए

धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बान्छेटारमा ट्रकभित्र एक सवारी चालक मृत अवस्थामा भेटिएका छन्।

काठमाडौबाट रुपन्देही जादै गरेको ना ६ ख ७००३ नम्बरको मालवाहक ट्रकका चालक सालझण्डी-६ का ३० वर्षिय सुर्य प्रसाद डङ्गोरीया थारु मृत भेटिएका हुन्।

प्रहरीका अनुसार मृतक थारुले गत राति नजिकैको पसलमा मदिरा सेवन गरी आफ्नै ट्रकमा सुतेका थारु सोमबार बिहान मृत अवस्थामा भेटिएका हुन्।

मृतक थारुको शव, गजुरी सामुदायिक अस्पतालमा राखिएको छ। ट्रकका सह-चालक कपिलवस्तुका सिमोन थारुलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय गजुरीकामा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.