विपद् व्यवस्थापन आधारभूत तालिम समापन

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय,विपद् व्यवस्थापन महाशाखा सामाखुसीमा संचालित १४औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम बिहीबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

तालिम समापनका अवसरमा सोही महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बिक्रम बहादुर चन्दले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमको क्रममा प्राप्त गरेको ज्ञान, सिप र कला कौशललाई कार्यक्षेत्रमा उच्चतम प्रयोग गर्दै व्यवसायिक क्षमता प्रदर्शन गर्न निर्देशन दिए ।

विपद्को समयमा हुने क्षति न्यूनिकरणको लागि एवम् उद्दार कार्यमा आधुनिक स्रोत साधन तथा उपकरणको प्रयोग गरी थप परिस्कृत रुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायब उपरीक्षक चित्र बहादुर भट्टराईले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । पुस १५ गतेबाट संचालित ४५ कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक २, प्रहरी हवल्दार ५ र प्रहरी जवान २१ गरी कूल २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.