सर्वोच्चको आदेशपछि विप्लव समुहका दुई नेता रिहा

सर्वोच्चको आदेशपछि विप्लव समुहका दुई नेता रिहा

सर्वोच्च अदालतको आदेशपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई नेता रिहा भएका छन्।

विप्लव समूहका राप्ती ब्यूरो कार्यालय सचिव बालकृष्ण पोखरेल र राप्ती ब्युरो सदस्य तथा दाङ जिल्ला सेक्रेटरी प्रदीप वली बिहीबार अपरान्ह रिहा भएका हुन् ।

उनीहरू दाङ र भारतको सीमाना नाका क्षेत्र राजपुर गाउँपालिकाको मुङग्रेठाबाट असोज ३० गते पक्राउ परेका थिए।

राप्ती ब्युरो बैठकबाट पक्राउ पर्नेमा विप्लवका दाजु उक्त समूहका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’ लगायत २१ जनालाई प्रहरीले रातको समयमा घरमा घेरा हालेर पक्राउ गरेको थियो।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.