गुल्मीमा एक व्यक्ति मृत फेला

गुल्मीमा एक व्यक्ति मृत फेला

गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।

जिल्लाकाे धुर्कोट गाउँपालिका वडा नम्बर १ सावधारामा नाम थर नखुलेको अन्दाजी ७५ वर्षिय पुरुष व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।

शवलाई पोष्टमार्टम गरी गुल्मी अस्पतालमा राखिएको छ ।

त्यस्तै प्रहरीले तम्घासमा मृत फेला परेका एक बेवारिसे शवको सदगत गरेको छ । कहीँ कतैबाट पनि मृतकको पहिचाहन हुन नसकेपछि बेवारिसे शवको सदगत गरिएको प्रहरीले जनाएको छ ।

जिल्लाको सदरमुकाम तम्घास रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित वालमन्दिरमा बिरामी अवस्थामा फेला परेका नाम थर वतन नखुलेका व्यक्तिको गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.