मोटरसाइकल आउटराईडर्स तालिम सञ्चालन

मोटरसाइकल आउटराईडर्स तालिम सञ्चालन

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय, सवारी महाशाखामा १९औं समूहको मोटरसाइकल आउटराईडर्स तालिम मंगलबार सञ्चालन भएको छ ।

उक्त तालिमको उद्घाटन गर्दै सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले सवारी साधनमा समय सापेक्ष रुपमा हुने नयाँ प्रविधिको बारेमा जानकारी दिई बिशिष्ट व्यक्तिको सवारीको सुरक्षार्थको लागि अझ योग्य र दक्ष स्कर्ट आउटराईडर्सका चालक उत्पादन गर्न तालिम सञ्चालन गरिएको बताए ।

सो अवसरमा प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ र प्रहरी जवान २५ गरी कूल २६ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.