स्याङ्जा प्रहरी प्रमुखमा एसपी बिमलराज कंडेल

स्याङ्जा प्रहरी प्रमुखमा एसपी बिमलराज कंडेल

प्रहरी प्रधान कार्यालयले स्याङ्जाको प्रहरी प्रमुखको जिम्मेवारीमा प्रहरी उपरीक्षक (एसपी) बिमलराज कंडेललाई खटाएको छ ।

प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको नियुक्ति भएलगत्तै स्याङ्जाका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसिको प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा काज सरुवा भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा नेतृत्वबिहिन थियो ।

मंगलबार अपरान्ह प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) कंडेललाई स्याङ्जाको प्रहरी प्रमुखको जिम्मेवारी दिएको स्रोतले बतायो ।

यस अगाडी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका उनी व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.