टेकु अस्पतालबाट भागेका बिरामी विराटनगरमा भेटिए

टेकु अस्पतालबाट भागेका बिरामी विराटनगरमा भेटिए

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डबाट भागेका बिरामी विराटनगरमा फेला परेका छन् ।

सुनसरी घर भएका ती युवा दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनी जहाज चढेर विराटनगर पुगेको स्रोतले जानकारी दियो । उनकाे परिचय खुलाइएकाे छैन् ।

कोरियाबाट फर्केका ती युवा कोरोना भाइरस (कोभिड –१९) को संक्रमणको आशंकामा बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए। उनी बुधबारै राति ८ बजे अस्पतालबाट भागेका थिए।

अस्पतालले ती युवालाई कोरोना भाइरसको संक्रमण नभएको र सामान्य घाँटीमा समस्या भएको अस्पतालका प्रवक्ता डा. अनुप बास्कोटाले जानकारी दिए।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.