प्रदेश नम्बर २ सरकारले प्रहरीलाई दियो २४ वटा मोटरसाइकल

प्रदेश नम्बर २ सरकारले प्रहरीलाई दियो २४ वटा मोटरसाइकल

नेपाल प्रहरीलाई प्रदेश २ सरकारले २४ वटा मोटरसाइकल हस्तान्तरण गरेको छ ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी कार्यालयलाई २४ थान मोटरसाइकल सहयोग गरेका हुन् ।

प्रहरीलाई प्रविधिसँग जोड्दै शान्ति सुरक्षा चुस्तदुरुस्त पार्ने उदेश्यले प्रदेश २ सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुनमन्त्रालयले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै नेपाल प्रहरीलाई उक्त मोटरसाइकल प्रदान गरेको मन्त्री यादवले जानकारी दिए ।

उनले प्रदेशको शान्ति सुरक्षालाई थप मजबुत बनाउन मोटरसाइकल हस्तान्तरण गरिएको स्पष्ट पारे । प्रहरी नायव महानिरीक्षक प्रद्युम्न कार्कीले प्रदेश सरकारले हस्तान्तरण गरेको सवारी साधनले थप बल मिलेको भन्दै प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन नेपाल प्रहरी सदैब कटिबद्ध रहने बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.