आफैँले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

आफैँले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते

सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैलाई गोली हान्दा गम्भीर घाइते भएका छन् ।

सशस्त्र प्रहरी बल  नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैंले बोकेको एसएलआरबाट  घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिए ।

सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा पठाइएको र  घटनामा अनुसन्धान भइरहेको उनले बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.