काठमाडौं उपत्यकाबाट बालश्रममा लगाइएका ७ बालकको उद्धार
काठमाडौँका विभिन्न स्थानबाट सात बालकको उद्धार गरिएको छ । कागेश्वरी मनोहरा नगरपालिका, स्थानीय प्रहरी, बाल उद्धार नेपाल र बाल रक्षा अभियानका स्वयंसेवकको सहकार्यमा कागेश्वरी मनोहरा नगरपालिका तथा त्यस आसपासक्षेत्रका साथै काडाघारीका होटल, फर्निचर, इटाभट्टामा कार्यरत ती बालक उद्धार गरिएका हुन् ।
यही फागुन ४ र १९ गते गरिएको अनुगमनका क्रममा १४ वर्षमुनिका बालकलाई मजदूर (कामदार) को रुपमा प्रयोग गरिएको पाइएको थियाे । मकवानपुर, दाङ र प्यूठानका ती बालकलाई उद्धार गरी बाल उद्धार नेपालको स्थानीय साझेदारी संस्था ईस्थर वेन्जामिन स्मृति फाउण्डेसनको अल्पकालीन स्याहार केन्द्रमा पठाइएको छ ।
बाल उद्धार नेपालका प्रमुख जमुना श्रेष्ठ भट्टराईले ती बालकको परिवारमा सम्र्पक गरी बालकलाई आधिकारिक रुपमा हस्तान्तरण गरिने जानकारी दिनुभयो । बालबालिकाको अधिकार, संरक्षण र शिक्षाको क्षेत्रमा क्रियाशील हुँदै आएको उक्त संस्थाले करिब २० वर्षदेखि नेपालको बालबालिकामाथि हुने श्रम शोषणका समाचार तथा सूचनाका आधारमा उनीहरुको उद्धार गर्दै आएको छ ।
संस्थाले सरकारी कार्यालयका साथै विभिन्न बाल अधिकार संरक्षणका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधि, प्रहरी, स्थानीय, सरोकार निकायसँग समन्वय गरी उद्धार, स्याहार तथा जनचेतनाको कार्य गर्दै आएको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।
अरु समाचार
सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको तलव ब...
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदे...
तपाईंको मास्क खोई ?’ प्रहरीले बाँड्यो ५ ह...
कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्...
मृतावस्थामा भेटिए विपी क्यान्सर अस्पतालका ...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक कर्मचारी...
पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला ...
पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्...
कोरोनाबारे सचेतना जगाउँदै प्रहरी
हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्द...
कारागारका एक कैदीको मृत्यु
दाङकाे तुलसीपुर कारागारका एक कैदीको आज मृत्यु भएको छ । ठगी मुद्दामा...
नवजात शिशु मृत फेला
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा एक नवजात शिशु मृत फे...
वीरगञ्ज कारागारका एक थुनुवा बन्दीको मृत्यु
वीरगञ्ज कारागारका एक जना थुनुवा बन्दीको मृत्यु भएको छ । वीरगञ्ज महा...