गृहसचिव न्यौपानेद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

गृहसचिव न्यौपानेद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण

गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको निरीक्षण गरेका छन् ।

गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेन्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसूति वार्ड, सर्जिकल वार्ड, भीआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपीडी लगायतको निरीक्षण गरेका हुन् ।

निरीक्षणकाे क्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

अस्पतालमा विभिन्न भवनहरु निर्माणाधिन अवस्थामा रहेको सुखद पक्ष भएको चर्चा गर्दै गृहसचिव न्यौपानेले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताए ।

प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिक समेतको आशाको केन्द्र भएकोले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद गर्न नहुने चर्चा गर्दै उनले अस्पताल भन्नासाथ सरसफाई महत्वपूर्ण विषय भएकोले अस्पतालका हरेक स्थानहरुमा सरसफाईमा विशेष ध्यान दिनुपर्ने बताए ।

अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको संचालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गरे ।

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरुको आशाको केन्द्रका रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.