छ दिनदेखि बेपत्ता वृद्ध फेला

छ दिनदेखि बेपत्ता वृद्ध फेला

सिरहाको विष्णुपुर गाउँपालिका–१ गौरीपुरबाट करीब छ दिनअघि बेपत्ता भएका एक वृद्धलाई आज बिहान प्रहरीले फेला पारेको छ ।

गत मंगलबार बिहान घर नजिकैको खेतबाट बेपत्ता भएका स्थानीयवासी ६५ वर्षीय लक्ष्मण पासवानलाई पासवानका परिवारजनले दिएको जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका, ठेम्हीबाट फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.