आइजीपीलाई सहयोग गरौँ

आइजीपीलाई सहयोग गरौँ

राधाकृष्ण देउजा

महत्वपूर्ण पदीय जिम्मेवारी सम्हाल्नेहरुसँग स्वभाविक रुपमा अपेक्षा हुने गर्छन ।  त्यसमाथि योग्यता, क्षमता , लगनशीलता र त्यसैको प्रयोग मार्फत आर्जित लोकप्रियता कै आडमा आर्जित सफलताको परिणाम स्वरूप उच्च पदमा पुग्नेहरुसँग अपेक्षा हुनुलाइ सामान्य नै मानिन्छ र मान्नु पर्छ ।

जोसँग अपेक्षा हुन्छ , त्यस प्रति निगरानी अलिक ज्यादा हुनु र अपेक्षा पुरा नहुने पो हो कि भन्ने लाग्दा आलोचना र खवरदारी पनि स्वाभाविक नै हुन्छ । यद्धपी अपेक्षाहरु पनि निरपेक्ष हैन सापेक्ष हुनुपर्छ ,र त्यसको पूर्ति पनि निरपेक्ष हैन सापेक्ष ढङ्गले हुन्छ भन्ने सत्यलाइ मान्नु पर्छ ।

कुनै चिज भएन भनेर औंला ठड्याई रहँदा त्यो किन भएन वा हुन सकेन भन्ने पनि हेरिनु पर्छ र कुनै कामहरु प्रक्रियामा रहँदै त्यसको परिणामको आँकलन गरेर यस्तो होला वा गरिएला भन्ने ढङ्गको प्रक्षेपण भविश्यमा गलत हुन सक्नेछ कि भन्ने कुरालाइ पनि मध्य नजर गर्न आवाश्यक छ र हुन्छ ।

आफ्नो कामको बलमा नै प्राप्त जनसमर्थन र जितिएको राजकीय विश्वासको भरमा आइजीपी भएका सर्बेन्द्र खनालको विषयमा यो वा त्यो ढङ्गले समाचारहरु प्रवाहित हुने क्रम देखिएका छन ।

आइरहेको सबै समाचारहरु वा विचारहरुको पूर्ण सम्मान गर्दै यति चाहिँ भन्दा सायद गलत नहोला ।  आफैं फिल्डमा खटेर हिंडने अवस्थाको जस्तो चर्चा परिचर्चा सबैको अभिभावक हुनुपर्ने आइजीपीको हुने कुरै भएन , त्यस्तो त न विगतमा हुन्थ्यो न अहिले हुन्छ न भोलि तर जवसम्म देशभरका प्रहरीहरु उच्च मनोवल लिएर देश र जनताको शान्ति सुरक्षामा खटन सक्षम भैरहन्छन तवसम्म चर्चा नभएपनि त्यो आइजीपीको सफलता र दृढ नेतृत्वको उपज नै हुन्थ्यो , हो र हुनेछ ।

त्यसको अलावा अर्को कुरो पनि लेख्नु वान्छनीयनै होला पक्कै  कुनै पनि व्यक्ति स्वार्थी हुन्छ र हुनुपर्छ यत्ति हो कि स्वार्थ आफ्नो हैन समग्रको हितमा लक्षित हुनुपर्छ ।

त्यसैले सबै जस्तै आइजीपी खनाल पनि पक्कै स्वार्थी छन होला नै तर उनको स्वार्थ कुनै व्यवसायिक सहकर्मी वा सहयोद्धालाइ विगार्नेमा हैन समग्र प्रहरी संगठनलाइ बनाउनेमा नै केन्द्रित रहेको छ भन्दा अतियुक्ति नहोला ।

तर स्वार्थी आइजीपीको सकारात्मक स्वार्थ पुरा हुन सबैको साथ, सहयोग पक्कै चाहिन्छ ! आउनुस समग्र देश , जनता र प्रहरी संगठनको हितमा क्रियाशिल स्वार्थी आइजीपीलाइ सहयोग गरौँ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.