गृहमन्त्रीको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह
गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा संचालित सि.सं.
१४(क) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दिक्षान्त समारोह आईतबार सम्पन्न भएको छ ।
सो अवसरमा समारोहका प्रमुख अतिथि गृहमन्त्री खाणले उक्त तालिममा सर्वोत्कृष्ट हुनुभएका सशस्त्र प्रहरी सहायक निरीक्षक चन्द्रा वलीलाई खुकुरी प्रदान गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले कर्तव्यपालनाको सिलसिलामा राष्ट्र र नागरिकको सेवा र सुरक्षाको खातिर आफ्नो प्राणको समेत आहुती दिनुभएका सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीप्रती भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै उहाँहरुको योगदानको स्मरण गर्नुभयो ।
उहाँले राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा खटिएर सीमा सुरक्षा तथा व्यवस्थापन, नागरिकको सेवा, विपद् प्रकोपमा परेकाहरुको उद्वार, कोभिड–१९ महामारी व्यवस्थापनका साथै राजस्व चुहावट नियन्त्रण लगायतका जिम्मेवारीमा सशस्त्र प्रहरी बल नेपालले सम्पादन गरेका कार्यको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बल नेपालले २२६ वटा बिओपीहरु स्थापना गरी डेडिकेटेड फोर्सको रुपमा खटिरहेको र भविष्यमा बिओपीको संख्या ५०० पु¥याउने नेपाल सरकारको लक्ष्य रहेको बताउनुहुँदै सशस्त्र
प्रहरी बल नेपाललाई जनशक्ति एवं श्रोत साधन सम्पन्न बनाउन नेपाल सरकारको तर्फबाट प्रतिवद्धता जनाउँदै थप व्यवसायीक¸अनुशासीत¸ इमान्दार र कर्तव्यनिष्ठ भई कार्यसम्पादन गर्न राष्ट्रसेवकहरुलाई निर्देशन दिनुभयो ।
गृहमन्त्री खाणले दिक्षित अधिकृतहरुलाई तालिमबाट प्राप्त फौजी ज्ञान, कला कौशलको उच्चतम प्रयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायिक भई
मुलुकमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा राज्य र नागरिकले सोचे र खोजे जस्तो सेवा प्रवाहमा निर्भिकताकासाथ उच्च जिम्मेवारी बोध गर्दै
कार्यसम्पादनमा जुट्न समेत निर्देशन दिनुभयो ।
गत साल भदौ २२ गतेबाट संचालन भएको उक्त तालिम २० जना महिला सहित कुल ६१ जना सशस्त्र प्रहरी सहायक निरीक्षकले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
उक्त तालिममा सहिष्णुतातर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक विरेन्द्र प्रसाद जोशी र कवाज तथा चाँदमारीतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषी महत उत्कृष्ट भएका छन् ।
अरु समाचार
सशस्त्र प्रहरीद्वारा ११ के.जी. गाँजा बरामद
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट सशस्त्र प...
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्य...
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रय...
चार लाख रुपैयाँ मुल्यको रुद्राक्षको माला स...
कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ स्थित सीमा ईलाकाबाट भाद्र ४...
एकाई सुरक्षा मुल्याङ्कन तथा निगरानी तालिम ...
सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुख...
भारतीय चोरले लुटेका भैँसी सशस्त्र प्रहरीले...
सशस्त्र प्रहरीले भारतीय चोरहरूले बेलडाँँडी गाउँपालिका–५ बाट लुटेर ल...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढ...
सशस्त्र प्रहरी बलका २ जना एसएसपी डिआइजी बढुवा सिफारिसमा परेका छन। ए...
सशस्त्र प्रहरीको सिसिएससी तालिम सकियो
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालि...
मेड ईन ईटाली लेखिएको पेस्तोल र गोलीसहित सश...
मेडईन ईटाली लेखिएको एउटा अटो पेस्तोलसहित सशस्त्र प्रहरीले सर्लाही ज...