कैदीसँग घुस लिने जेलरविरुद्ध मुद्दा दायर

कैदीसँग घुस लिने जेलरविरुद्ध मुद्दा दायर

कैदीसँग घुस लिएको आरोपमा मकवानपुर कारागार कार्यालय भीमफेदीका जेलर शाखा अधिकृत मदन अधिकारीविरुद्ध मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

लागूऔषध मुद्धामा कैद भुक्तान गरिरहेका कैदीलाई अन्यत्र सरुवा गरिदिने भनी धम्क्याएर ७५ हजार घुस लिएको दावी गर्दै अख्तियारले जेलर अधिकारीबिरुद्ध मुद्धा दायर गरेको हो ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले ७५ हजार घुससहित पक्राउ गरेको थियो ।

अधिकारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.