सेवाग्राहीसँग घुस लिएको आरोपमा ल्याब टेक्निसियन पक्राउ

सेवाग्राहीसँग घुस लिएको आरोपमा ल्याब टेक्निसियन पक्राउ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन (नायब सुब्बा) सरोज रोका घुस लिएको आरोपमा पक्राउ परेका छन्।

रोकालाई मेडिकल सेन्टर सेवा विस्तार गर्ने प्रयोजनका लागि नियमानुसार गर्नुपर्ने काममा आलटाल गरी सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो।

रोकाले सेवाग्राहीसँग २२ हजार घुस लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। रोकामाथि अनुसन्धान भइरहेको उनको भनाइ छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.