भ्रष्टाचार गरेको आरोपमा विद्युत प्राधिकरणका लेखापालविरुद्ध मुद्दा

भ्रष्टाचार गरेको आरोपमा विद्युत प्राधिकरणका लेखापालविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत प्राधिकरणको ५२ लाख १३ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा  एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका रत्नपार्क वितरण केन्द्रमा कार्यरत तत्कालिन लेखापाल उमेशकुमार महतले विभिन्न माध्यमबाट बैंकमा भएको रकम झिकी ५२ लाख १३ हजार ५ सय ९० रुपैयाँ ४३ पैसा हिनामिना गरेको पुष्टि भएको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

कर्मचारीहरुको रकम भुक्तानी गर्न भौचर तयार गरी लेखाप्रमुख र कार्यालय प्रमुखबाट हस्ताक्षर गराई आफ्नै नाममा भुक्तानी लिएपछि यथार्थ भौचरलाई डिलिट गरी पूर्व भौचरबाट बिलहरु झिकी सोही नम्बरमा अर्को घटी रकमको भौचर बनाई सीएआईएसमा पोस्टिङ गर्ने गरेको अख्तियारले जनाएको छ ।

महतले रत्नपार्क वितरण केन्द्रमा कार्यरत हुँदा बैंक रिकन्सिलियसन स्टेटमेन्ट तयार गर्दा वास्तविक भौचरलाई आफैले परिवर्तन गरी लेखा प्रमुख र कार्यालय प्रमुखलाई जानकारी नगराई क्यास बुकमा पोस्टिङ गरी क्यासबुकमा भन्दा बढी रकम बैंकबाट भुक्तानी लिएको देखिएको अख्तियारले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.