सहायक वन अधिकृत घुससहित रंगेहात पक्राउ

सहायक वन अधिकृत घुससहित रंगेहात पक्राउ

डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट ३० हजार घुससहित पक्राउ परेका छन्  ।

मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको दिपज्योति सामुदायिक वन उपभोक्ता समितिसँग ३० हजार घुस लिँदै गर्दा  अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीलाई काठ काट्न दिने भनी ३० हजार घुस लिएका उनी डिभिजन वन कार्यालय मोरङको परिसरबाट रंगेहात पक्राउ परेका हुन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.