१५ हजार घुस सहित आन्तरिक राजस्वका नासु पक्राउ

१५ हजार घुस सहित आन्तरिक राजस्वका नासु पक्राउ

आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सविन सुवेदी  १५ हजार घुससहित पक्राउ परेका छन्।

स्वास्थ्य चौकीको भवन निर्माण सम्पन्न पश्चात नियमानुसार पाउने धरौटी रकम फिर्ता लिन कर समायोजन पत्र बनाउने प्रयोजनको लागि सेवाग्राहीसँग घुसलिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आन्तरिक राजश्व कार्यालय भक्तपुरबाट घुससहित पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले सुवेदीलाई सेवाग्राहीसँग घुस रकम लिए लगत्तै  नियन्त्रणमा लिएको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.