८० न्यायाधीशले पाए वैधानिकता, सर्वोच्चमा परेको रिट खारेज

८० न्यायाधीशले पाए वैधानिकता, सर्वोच्चमा परेको रिट खारेज

८० जना न्यायाधीश नियुक्तिको विवाद टुंगो लागेको छ । ८० जना न्यायाधीशविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

न्यायपरिषद् बैठकले न्याय प्रशासन, कानून सेवा, सरकारी वकिल, कानून व्यवसायी र पुनरावेदन अदालतबाट यसअघि अवकाशप्राप्त अतिरिक्त न्यायाधीश गरी ८० जनालाई २०७३ पुस २८ गते उच्च अदालतको न्यायाधीश नियुक्त गरेको हो। न्यायाधीश नियुक्तिसँगै विवाद सिर्जना भएको थियो।

तत्कालीन प्रधान्यायाधीश सुशीला कार्की नेतृत्वको न्यायपरिषद्ले सिफारिस गरी भएको नियुक्तिविरूद्ध २ नायव महान्यायाधीवक्ता र २ सहन्यायाधीवक्ताले २०७३ माघ २८ गते सर्वोच्च अदालतमा रिट दिएका थिए।

कानुन सेवामा आफुहरू विशिष्ट र वरिष्ठ हुँदाहुँदै अरूलाई नियुक्त गरेकाले त्यो खारेज हुनुपर्ने उनीहरूको माग थियो।

सर्वोच्चले यो रिट खारेज गरेसँगै ८० न्यायाधीश नियुक्तिको विवाद पनि टुंगिएको छ।

 

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.