२५ हजार घुससहित वडाअध्यक्ष पक्राउ

 २५ हजार घुससहित वडाअध्यक्ष पक्राउ

सप्तरीको सुरूंगा नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष २५ हजार रूपैयाँ घुससहित पक्राउ परेका छन्।

ख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलीले वडा अध्यक्ष सिल्टु मियाँलाइ  पक्राउ गरेको हो। वडा अध्यक्ष मियाँले मोहीयानी जग्गा छुटाउने सिफारिस गरीदिने भन्दै सेवाग्रहीसँग घुस लिएका थिए ।

उनीविरूद्ध सोमबार काठमाडौंको विषेश अदालतमा भ्रष्टाचार निवारण ऐन २०५९को दफा (३) को उपदफा (१) को देहाय (क) बमोजिम जरिवाना र कैद सजाय हुन माग गरी मुद्दा दायर भएको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.