एयरपोर्ट अध्यागमनका अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

एयरपोर्ट अध्यागमनका अधिकृत रमाकान्त अर्यालविरुद्ध २ करोड भ्रष्टाचारको मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका अध्यागमन अधिकृत रमाकान्त अर्यालविरुद्ध झण्डै साढे २ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगले अधिकृत अर्यालविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

अख्तियारले अर्यालविरुद्ध २ करोड ६ लाख ८९ हजार १ सय ११ रुपैयाँ विगो तथा जरिबाना, सम्पत्ति जफत र कैद सजाय माग दाबी गरेको छ ।

२०५९ साल भदौ २३ गते सरकारी सेवा प्रवेश गरेका अर्यालले सेवा प्रवेशपछि ४ करोड ५६ लाख ८१ हजार ४ सय ४१ रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ ।

यही अवधिमा उनले आफू र आफ्नी श्रीमती सरिता नेपालसमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चल अचल सम्पत्तिहरु जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च र विभिन्न बैंकमा बचत गरेको रकम ४ करोड ५६ लाख ८१ हजार ८ सय ४१ रुपैयाँ देखिएको थियो ।

अख्तियारले अर्याल र उनकी पत्नीलाई प्रतिवादी कायम गरी बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.