दुई लाख ७५ हजार घुससहित वडाध्यक्ष पक्राउ

दुई लाख ७५ हजार घुससहित वडाध्यक्ष पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ बारामा दुई लाख ७५ हजार घुससहित वडाध्यक्षलाइ पक्राउ गरेको छ।

हेटौडास्थित आयोगको टोलीले बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष रामजीप्रसाद बरैलाई घुस लिँदै गर्दा रंगेहात  पक्राउ गरेको हो।

सांसद विकास कोषबाट आएको रकमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको कम्पाउण्ड बनाउन उपभोक्ता समिति गठन गरी काम सुरु गर्ने बेला बरैले एकजना सेवाग्राहीसँग रकम लिएको अख्तियारले जनाएको छ। बरैसँगै उनका एकजना सहयोगी पनि पक्राउ परेका छन्।

उनीहरुलाई कलैया नगरपालिका ७ मा रहेको दुर्गा माविको हातबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.