मालपोतका सुब्बा दुई हजार घुससहित पक्राउ

मालपोतका सुब्बा दुई हजार घुससहित पक्राउ

अख्तियार  दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेकाे छ ।

आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले श्रेष्ठलाई दुई हजार घुस रकमसहित कार्यालय नजिकैबाट बिहीबार पक्राउ गरेको हो।

श्रेष्ठले सेवाग्राहीको विवादित जग्गाको विषयमा सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामा सहजीकरणका लागि सेवाग्राहीसँग घुस मागेका थिए।

पक्राउ परेका श्रेष्ठलाई हिरासतमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.