१ लाख घुससहित सब–इञ्जिनियर पक्राउ

१ लाख घुससहित सब–इञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनियर तारा श्रेष्ठलाई एक लाख रुपैँया घुससहित पक्राउ गरेको छ।

सब–इञ्जिनियर श्रेष्ठले उपभोक्ता समितिबाट योजनाको अन्तिम बिल भुक्तानी गर्दा घुस मागेको गुनासोका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटेको टोलीले छापा मार्दा कार्यालयबाट रङ्गेहात पक्राउ परेका हुन् ।

आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.