१० हजार घुससहित अदालतकी बाल मनोविज्ञ पक्राउ

१० हजार घुससहित अदालतकी बाल मनोविज्ञ पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अदालतकी बाल मनोविज्ञलाई घुस लिइरहेका बेला रंगेहात पक्राउ गरेको छ।

बुटवल क्षेत्रीय कार्यालयबाट गएको टोलीले जिल्ला अदालत रूपन्देहीकी बाल मनोविज्ञ शान्ति अधिकारीलाई सेवाग्राहीसँग १० हजार रूपैयाँ घुस लिइरहेका बेला रंगेहात पक्राउ गरेको हाे।

नाबालिक सवारी ज्यानसम्बन्धी मुद्दा मिलाइदिन्छु भनेर सेवाग्राहीसँग घुस लिइरहेका बेला अख्तियारको टोलीले अधिकारीलाई विद्युत प्राधिकरणको भैरहवा कार्यालय परिसरबाट पक्राउ गरेको हो।

अधिकारीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.