७० हजार घुससहित दुई इन्जिनियर पक्राउ

७० हजार घुससहित दुई इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गाउँपालिकामा कार्यरत  दुई जना इन्जिनियरलाई ७० हजार घुससहित पक्राउ गरेकाे छ ।

आयोगको टोलीले भोजपुरको हतुवागढी गाउँपालिकाकार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सवइन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई उक्त घुस रकमसहित पक्राउ गरेकाे हाे ।

अख्तियारले  इन्जिनियर मिसुहाङ्ग किराँतले ५० हजार र  सव–इन्जिनियर नइन्द्र पारोहाङ्ग राईले २० हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.