सरकारी कागजात किर्ते गरी बैंकमा ठगी गर्ने २६ जनालाई कैद

सरकारी कागजात किर्ते गरी बैंकमा ठगी गर्ने २६ जनालाई कैद

कृषि विकास बैंक, ताप्लेजुङ शाखाबाट विभिन्न समयमा किर्ते कागजपत्र बनाइ ऋण लिने २६ जनालाई जिल्ला अदालत ताप्लेजुङले दोषी ठहर गरेको छ ।

जिल्ला अदालतले सरकारी कागजात कीर्ते बनाई बैंकबाट ऋण लिने तत्कालीन शाखा प्रमुख गणेश खतिवडा लगायत  २६ जनालाई दोषी ठहर गर्दै एक वर्ष कैद र २ करोड ४४ लाख ७५ हजार रुपैयाँ विगोको फैसला गरेको हो ।

सरकारी कागजात किर्ते गरि भीरपाखालाई प्लटिङ जग्गा देखाउँदै कृषि विकास बैंक लिमिटेड ताप्लेजुङ शाखाबाट कर्जा प्रवाह गर्ने कर्मचारी र ऋण लिने जग्गाधनी दोषी ठहरिएका छन् । जिल्ला न्यायाधीष कृपासुर कार्कीको ईजलासले आइतबार एकैदिन सोसँग सम्बन्धित ३८ थान मुद्दाको सुनुवाई गर्दै उक्त फैसला गरेका हुन् ।

जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमका अनुसार बैकका तत्कालिन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र जग्गाधनी पदमकुमारी नुगो मूख्य दोषी ठहर भएका छन् ।

उनीहरुलाई जनही कुल विगोको २५ प्रतिशत र अन्य सबैलाई आ–आफ्नो विगोको २५ प्रतिशत जरिवानाको फैसला भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.