एक लाख ५० हजार घुस लिएको आरोपमा सबइञ्जिनियर पक्राउ

 एक लाख ५० हजार घुस लिएको आरोपमा सबइञ्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख ५० हजार घुस लिएको आरोपमा सबइञ्जिनियरलाई मंगलबार पक्राउ गरेको छ।

शिक्षा विकास समन्वय इकाई धुलिखेलमा कार्यरत सबइञ्जिनियर धनवीर भगतलाई उक्त रकम घुस लिएको आरोपमा अख्तियारकाे टोलीले कार्यालयबाटै पक्राउ गरेको हाे।

शिक्षा विभाग सानोठिमीमा दरबन्दी रहेका सबइञ्जिनियर भगतले मण्डनदेउपुर नगरपालिका र महाभारत गाउँपालिकाको १७ वटा विद्यालयको मर्मत कार्यको अनुगमन गर्न काजमा काभ्रे आएका थिए।

घुस नलिई काम नगरिदिएको गुनासोपछि अख्तियारबाट एसपीको नेतृत्वमा काभ्रे आएको टोलीले  उनी र सहयोगी शिक्षाकै पूर्व कर्मचारी निरजकुमार चौधरीलाई पक्राउ गरेको हो।

चौधरीमार्फत् घुस रकम लेनदेन गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उनले घुसबापत्को रकम आफ्नो बैंक खातामा जम्मा गराउन लगाएका थिए।

सो भौचरमाथि पनि अनुसन्धान गर्दै उनीहरुको बयान लिने काम भइरहेको आयोगकाे भनाइ छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.