४ लाख रुपैयाँ घुससहित खानेपानीका इन्जिनियर पक्राउ

४ लाख रुपैयाँ घुससहित खानेपानीका इन्जिनियर पक्राउ

खानेपानी तथा सफसफाइ डिभिजन कार्यालय स्याङ्जाका इन्जिनियर ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराबाट खटिएको टोलीले मंगलबार रौतहट घर भइ गण्डकी प्रदेश अन्तर्गतको डिभिजन कार्यालयमा कार्यरत होसी अक्तर मोहम्मतलाई पक्राउ गरेको हो।

बिरुवा गाउँपालिका–८ मा सञ्चालित छत्रे खानेपानी उपभोक्ता समितिको योजनाबाट रकम लिएका मोहम्मतलाई अख्तियारकाे टाेलीले रंगेहात पक्राउ गरेको हो।

घुससहित पक्राउ परेका मियाँलाई अनुसन्धानपछि कारबाही गरिने अख्तियार कार्यालयले जनाएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.