घुस लिएको आरोपमा इन्स्पेक्टर विरुद्ध विशेष अदालतमा मुद्दा दायर

घुस लिएको आरोपमा इन्स्पेक्टर विरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा प्रहरी निरीक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रहरी निरीक्षक लालबाबुप्रसाद साहले लागु औषध मुद्दामा पक्राउ परेका व्यक्तिबाट रु ७० हजार घुस लिएको अख्तियारको आरोप छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को अनुसारको कसुर गरेकोले साहलाई घुस वापतको विगो जफत गरी सोही ऐनको दफा ३ (१) (ग) बमोजिम कैद र जरिवानाको माग गरिएकाे छ ।

साहले उक्त रकम आफ्नो छोराको ब्याङ्क खातामा रकम जम्मा गर्न लगाएको पुष्टि भएको अख्तियारले जानाएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.